खेलकुद

सडेन डेथमा आर्मीलाई पराजित गर्दै एपिएफले जित्यो पुरुष फुटबलमा स्वर्ण

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक जितेको छ ।

पोखरा रंगशालामा सम्पन्न खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटको सडेन डेथमा ६-५ गोल अन्तरले पराजित गर्दै एपीएफले स्वर्ण पदक जितेको हो । एपीएफले पहिलो पटक राष्ट्रिय खेल अन्तर्गतको फुटबलमा स्वर्ण पदक जितेको हो ।

यस अघि निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *