ताजा समाचार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकन गर्दै प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा जारी नवौं नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकन गरेका छन् । बिहीबार दिउँसो पोखरा रंगशालामा आयोजित फुटबलको फाइनल खेल देउवाले अवलोकन गरेका हुन् ।

प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा पुगेका हुन् । पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ । प्रतियोगितामा विभिन्न प्रदेश र विभागीय टिमले सहभागिता जनाएका थिए । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *