खेलकुद

शीर्ष स्थानमा रियलले बनायो ६ अंकको अग्रता

काठमाडौँ । बेलन डे’अर विजेता करिम बेन्जेमाको गोलमा रियल म्याड्रिडले स्पेनी ला लिगामा बुधबार एल्चेलाई ३–० ले हराएको छ । जितसहित उसले शीर्ष स्थानमा ६ अंकको अग्रता समेत बनाएको छ ।

डिफेन्डिङ च्याम्पियन रियलका लागि फेडरिक भाल्भेरडे र मार्को एसेन्सोले पनि १ / १ गोल गरे । यो जितपछि रियलको २८ अंक भएको छ भने बार्सिलोना २२ अंकमा दोस्रो स्थानमा छ । अर्को खेलमा रियल सोडिडाडले मार्लोकालाई १–० ले हरायो र तेस्रो स्थानमा उक्लिन सफल रह्यो ।

सोसिडाडको पनि २२ अंक भएको छ । अन्य खेलमा रियल भालाडोलिडले सेल्टा भिगोमाथि ४–१ को जित दर्ता गर्‍यो । यस्तै काडिज र रियल बेटिसले गोलरहित बराबरी खेले ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *