खेलकुद

युनाइटेड र लिभरपुलको महत्वपूर्ण जित

काठमाडौँ । म्यानचेस्टर युनाइटेड र लिभरपुलले इङलिस प्रिमियर लिगमा बुधबार महत्वपूर्ण जित हासिल गरेका छन् । युनाइटेडले लयबाट गुज्रिरहेको टोटनमलाई २–० ले हरायो । त्यसमा फ्रेड र ब्रुनो फर्नान्डेजले गोल गरे ।

युनाइटेड १९ अंकसहित पाँचौं स्थानमा छ भने तेस्रो स्थानको टोटनहम २३ अंकमै सीमित रह्यो । यस्तै लिभरपुलले डारविन नुनेजको निर्णायक गोलमा वेस्ट ह्यामलाई १–० ले हरायो ।

लिभरपुललाई जित दिलाउन गोलरक्षक एलिसनले जारडोन बोवेनको पेनाल्टी प्रहारलाई गोल हुन दिएनन् । लिभरपुल १६ अंकमा सातौं स्थानमा छ । बुधबारका अन्य खेलमा न्युकासल युनाइटेडले एभर्टनलाई १–० ले हरायो ।

न्युकासलको १८ अंकसहित छैटौं स्थानमा छ । यस्तै साउथह्याम्पटनले बर्नमाउथलाई १–० ले नै पराजित गर्‍यो । ब्रेन्टफोर्ड र चेल्सीले भने गोलरहित बराबरी खेले ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *