काठमाडौं । त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले बुधबार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रग्बीमा स्वर्ण पदक जितेका छन् । एपीएफले पुरुष र आर्मीले महिलातर्फ स्वर्ण पदक जितेका हुन् ।

पोखराको लेखनाथस्थित भण्डारढीक खेल मैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ एपीएफले लुम्बिनी प्रदेशलाई १०–७ को स्कोरले हराउँदै स्वर्णपदक जितेको हो । महिलातर्फ आर्मीले मधेस प्रदेशलाई १०–० ले हराउँदै स्वर्णपदक जितेको हो ।
पुरुषतर्फ गण्डकी प्रदेशले कास्य पदक जित्यो । गण्डकीले त्रिभुवन आर्मीलाई १०–५ को स्कोरमा हराउँदै कास्यपदक पक्का गरेको हो । महिलातर्फको कास्यपदक सुदूरपश्चिमको पोल्टामा गयो । सुदूरपश्चिमले मधेस प्रदेशलाई ५–० ले पराजित गर्दै कास्यपदक जितेको हो ।




