पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला ज्याभ्लिन थ्रोमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
बुधबार भएको खेलमा ४७.६० मिटर मिटर थ्रो गर्दै उनले नयाँ कीर्तिमान कायम गरेकी हुन् । यसअघि यो कीर्तिमान आर्मीकी लक्ष्मी थारुको नाममा थियो । उनले २०१९ को १३औं सागमा ४५.२७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन् ।
पोखरामा लक्ष्मीले ४५.५६ मिटर थ्रो गर्दै रजत पदक जितिन् । एपीएफकी सीमाकुमारी थारु ४५.२० मिटर थ्रो गरेर कांस्य पदक जितिन् ।




