विश्व

युगांडामा इबोलाबाट २४ जनाको मृत्यु

कम्पाला। युगांडामा इबोलाका कारण थप पाँच जनाको मृत्यु भएको छ । योसँगै इबोलाका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।

इबोलाका कारण केही स्थानमा लकडाउन घोषणा गरिएको छ । इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरिएको छ । ती स्थानको यात्रामा तालाबन्दी, व्यक्तिगत यात्रामा रोक र रातको समयमा कर्फ्यू आदेश लगाइएको छ । त्यस्तै, सार्वजनिक स्थानहरू बन्द गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *