खेलकुद

टी-२० विश्वकप: युएईविरुद्ध श्रीलंकाको सहज जित

काठमाडौँ । जारी टी-२० विश्वकपको पहिलो चरणको दोस्रो खेलमा श्रीलंकाले जित हासिल गरेको छ ।

मंगलबार सम्पन्न खेलमा श्रीलंकाले युएईमाथि ७९ रनको जित हासिल गरेको हो । श्रीलंकाले दिएको १५३ रनको लक्ष्य पछाएको युएईले १७.१ ओभरमा ७३ रन मात्र बनाएर अलआउट भएपछि श्रीलंका ७९ रनले विजयी भएको छ ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउदै १५२ रन बनाएको थियो ।

योजितपछि श्रीलंकाले समुह ए मा २ खेलमा २ अंक हासिल गरेको छ । यस समुहमा नेदरल्याण्डसको २ खेलमा दुवै खेल जितेर ४ अंक छ भने नामिबियाको २ खेलमा २ अंक रहेको छ ।

त्यस्तै दुवै खेलमा हार बेहोरेको युएईको सुपर १२ मा पुग्ने सम्भावना अब असम्भव देखिएको छ ।

युएईका बलर कार्थिकको ह्याट्रिक

युएईका बलर कार्थिक मेइयप्पनले श्रीलंकाविरुद्ध ह्याट्रिक गरेका छन् ।

यस खेलमा कार्थिकले श्रीलंकाविरुद्ध खेलको १५औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा लगातार विकेट लिएर ह्याट्रिक पुरा गरेका हुन् । कार्थिकले श्रीलंकाका भानुका राजापाक्षे (५), चारिथ असलंका (०) र कप्तान दासुन शनाक (०) लाई आउट गरेका थिए ।

कार्थिक यस विश्वकपमा ह्याट्रिक गर्ने पहिलो बलर बनेका छन् । यस खेलमा उनले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *