काठमाडौँ । जारी टी-२० विश्वकपमा युएईका बलर कार्थिक मेइयप्पनले श्रीलंकाविरुद्ध ह्याट्रिक गरेका छन् ।
अहिले जारी खेलमा कार्थिकले श्रीलंकाविरुद्ध खेलको १५औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा लगातार विकेट लिएर ह्याट्रिक पुरा गरेका हुन् । कार्थिकले श्रीलंकाका भानुका राजापाक्षे (५), चारिथ असलंका (०) र कप्तान दासुन शनाक (०) लाई आउट गरेका हुन् ।
कार्थिक यस विश्वकपमा ह्याट्रिक गर्ने पहिलो बलर बनेका छन् । यस खेलमा उनले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिएका छन् ।
यस खेलमा टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउदै १५२ रन बनाएको छ ।
श्रीलंकाका लागि प्रथम निसंकाले सर्बाधिक ७४ रन बनाएका थिए भने धनन्जय डि सिल्भाले ३३ रन बनाएका थिए ।
पहिलो खेल हारेका श्रीलंका र युएई दुवैलाई यो खेल जित्ने पर्ने अवस्था रहेको छ । यो खेलमा हार बेहोर्ने टिम विश्वकपको सुपर १२ मा नपुग्दै बाहिरिने छ । श्रीलंका पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो भने युएईले पहिलो खेलमा नेदरल्याण्डसँग हर बेहोरेको थियो ।




