ताजा समाचार

दक्षिण कोरियामा ३३ हजार बढीमा कोरोना सङक्रमित

सोल । दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ३३ हजार दुई सय ४८ कोभिड–१९ नयाँ सङक्रमित देखिएका छन् ।

हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५१ लाख ६४ हजार छ सय ९५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार अघिल्लो दिनको तुलनामा ११ हजार ४० ले बढेको थियो । एक हप्ताअघि १५ हजार ४ सय ६६ भन्दा बढी थियो ।

गत हप्ताको पुष्टि भएका केसहरुको दैनिक औसत सङ्ख्या २४ हजार दुई सय ३६ थियो । नयाँ केसहरू मध्ये, ८७ विदेशबाट आयात भएका छन् ।

गम्भिर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा एकले घटेर दुई सय ४७ पुगेको छ ।

यस प्रकोपको कारण थप छ जनाको मृत्युको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या २८ हजार आठ सय ५६ पुगेको जनाइएको छ । कुल मृत्यु दर ०।११ प्रतिशत रहेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *