ताजा समाचार

अनिष र बिन्द्राले जिते म्याराथनमा स्वर्ण पदक

काठमाडौं । गण्डकी प्रदेशका धावक अनिष थापामगर र सशस्त्र प्रहरी बल एपिएफ धाविका बिन्द्रा धन्के श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको म्याराथनमा स्वर्ण पदक जितेका छन् ।

मंगलबार बिहान धावक अनिषले म्याराथनको निर्धारित दूरी २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते ।

२ घन्टा २३ मिनेट १४ सेकेन्ड खर्चिएका त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जित्दा २ घन्टा ३० मिनेट ५४ सेकेन्ड खर्चिएका एपिएफका सन्तोषविक्रम विष्टले कास्य पदक जिते ।

महिलातर्फ एपिएफ क्लबकी धाविका बिन्द्रा धन्के श्रेष्ठले निर्धारित दूरी २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गरिन् ।

३ घन्टा ३५ सेकेन्ड खर्चिएकी आर्मीकी विश्वरुपा बुढाले रजत जितिन् । नेपाल पुलिस क्लबकी रेखा विष्टले ३ घन्टा ०१ मिनेट ३५ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जितिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *