काठमाडौँ । आजदेखि शुरु भएको टी-२० विश्वकपको पहिलो चरणको खेलमा नेदरल्याण्डसले विजयी शुरुवात गरेको छ ।
पहिलो खेलमा नेदरल्याण्डसले युएईलाई३ विकेटले पराजित गर्दै विश्वकपमा विजयी शुरुवात गरेको हो । युएईले दिएको ११२ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि युएईले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १११ रन बनाएको थियो ।
यस अघि आजै भएको पहिलो खेलमा नामिबियाले श्रीलंकालाई पराजति गरेको थियो ।
पहिलो दिनको खेलमा नामिबिया र नेदरल्याण्डसले २-२ अंक बटुलेका छन् । समुह ए मा अब नामिबिया र नेदरल्याण्डसको २-२ अंक भएको छ भने युएई र श्रीलंका अंक विहिन रहेका छन् । यस समुहबाट शिर्ष २ टिम सुपर १२ मा प्रवेश गर्ने छन् ।




