खेलकुद

१० हजार मिटर दौडमा अधिकारीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

काठमाडौं । त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले पुरुष तर्फको १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

नवौँ राष्टिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रगंशालामा भएको एथलेटिक्सको १० हजार मिटर दौडमा स्वर्ण जितेका हुन् ।आइतबार बिहान सम्पन्न दाैडमा दीपकले दिपकले निर्धारित दुरी ३०:१०:३० सेकेण्डमा पुरा गरे ।

यसअघि नेपाल एपीएफ क्लबमा गोपीचन्द्र पार्कीले सन् २०१४ मा इन्चोन एशियाडमा ३०:३०:९९ सेकेण्डमा किर्तिमान कायम गरेका थिए । यसवर्ष गोपीले निर्धारित दुरी ३०:३८:३२ सेकेण्डमा पार गरेर रजत पदकमा चित्त बुझाएका छन् ।

आर्मीकै गजेन्द्र राईले कास्य पदक हात पारे । उनले ३०:४९:५० मा निर्धारित दुरी पार गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *