ताजा समाचार

चिनियाँ कम्युनिष्ट पार्टीको २०‍औं महाधिवेशन आइतबारदेखि, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को २०‍औं महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ।

महाधिवेशन बेइजिङ समयअनुसार आइतबार बिहान १० बजेदेखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा हुने छ।

महाधिवेशनमा सीपीसी, केन्द्रीय समितिको अनुशासन निरीक्षण आयोगको प्रतिवेदनमाथि लेखाजोखा गरेर पार्टीका महत्त्वपूर्ण विषयहरुबारे छलफल र निर्णय गर्ने मुख्य एजेण्डा छ।

अन्य एजेण्डामा कम्युनिस्ट पार्टीको नयाँ केन्द्रीय समिति निर्माण गर्ने, नयाँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको निर्वाचन गर्ने, १९औं सीपीसी केन्द्रीय समितिको प्रतिवेदन पेस गर्ने, सीपीसीको विधान संशोधन लगायतका विषय छन्।

प्रवक्ता स्वन एलीले शनिबार पत्रकार सम्मेलनमा महाधिवेशनबारे जानकारी दिएका हुन्। महाधिवेशन अक्टोबर २२ सम्म सञ्चालन हुने छ।

महाधिवेशनमा २२९६ जना प्रतिनिधिले भाग लिँदैछन्। यी प्रतिनिधिले चीनका ९ करोड ६० लाख पार्टी सदस्यहरूको प्रतिनिधित्व गर्दछन्।

महाधिवेशनका लागि चीनमा करिब २५०० पत्रकार सहभागी हुँदै छन्। जसमा चीनको हङकङ, मकाउ र ताइवानका १५० तथा ७५० विदेशी पत्रकार रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *