काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले रेन्जर्समाथि फराकिलो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुलले रेन्जर्सलाई ७-१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा मोहमद सलाहले ह्याट्रिक गरेका थिए भने रोबेर्ट फिर्मिनोले २ गोल गरेका थिए । त्यस्तै डर्विन नुनेज र हार्भी एलिओटले एक एक गोल गरेका थिए ।
त्यस्तै रेन्जर्सका लागि एक गोल स्कोट एर्फिल्डले गरेका थिए ।
यो जितपछि लिभरपुलको समुह ए मा ४ खेलमा ९ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै रेन्जर्सले भने अहिलेसम्म खेलेका चार वटै खेलमा हार बेहोरेको छ ।




