विश्व

अमेरिकी उपराष्ट्रपति ह्यारिस दक्षिण कोरियामा

सिउल। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया पुगेकी छिन् । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दुरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि दक्षिण कोरिया पुगेकी हुन् ।

अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीप वरपरको पानीमा संयुक्त नौसैनिक अभ्यास गरिरहेका बेला उपराष्ट्रपति ह्यारिस दक्षिण कोरिया पुगेकी हुन् । उनले दुई कोरियाली प्रायद्वीपलाई छुट्टयाउने गैरसैनिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । उनी केही महिनाअघि हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्तेष्टिमा सहभागी हुन टोकियो आएकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *