काठमाडौँ । जारी मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशमाथि शुरुवाती अग्रता लिएको छ ।
नेपालले बंगलादेशमाथि खेलको १७औं र २६औँ मिनेटमा गोल गर्दै २-० को अग्रता लिएको हो ।
नेपालका लागि बिमल घर्तिमगरको असिस्टमा अन्जन बिष्टले पहिलो गोल गरेका थिए भने दोस्रो गोल खेलको २६औं मिनेटमा अन्जनले नै गरेका थिए ।
अन्जनले राष्ट्रिय टिमका लागि यो दुई गोलसहित ९ गोल गरेका छन् ।




