खेलकुद

बेल्जियम र नेदरल्याण्डको जित

काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत गए राति भएको लिग ‘ए ग्रुप’ ४ को खेलमा बेल्जियम र नेदरल्याण्डले जित निकालेका छन् ।

बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २-१ ले पराजित गर्‍यो । बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे । वेल्सका किफर मुरले एक गोल गरे । जितसँगै बेल्जियम ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । पराजित वेल्स १ अंक जोडेर पुछारमा छ ।

समूहको अर्को खेलमा नेदरल्याण्डले पोल्याण्डलाई २-० ले पराजित गर्‍यो । नेदरल्याण्डको जितमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले गोल गरे । जितसँगै अपराजित नेदरल्याण्ड ५ खेलबाट १३ अंक जोडेर शीर्ष स्थानमा छ । पोल्याण्ड ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *