ताजा समाचार

कुन देशमा कतिबेला छ विजयादशमीको टीकाको उत्तम साइत ?

काठमाडौं ।विभिन्न देशमा रहेका नेपालीलाई दशैंको टीका कतिबेला लगाउने भन्ने संशय हुन सक्छ । किनभने नेपालमा दिउँसो भएको समयमा कुनै देशमा राति पनि हुन सक्छ । विजया दशमीमा टीका लगाउने सनातन धर्मावलम्बीहरुको लागि टीकाको साइत कतिबेला उत्तम छ भनेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ ।

समितिले नेपालसँगै भारत, जापान, अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेशिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्यानमार, स्वीट्जरल्याण्ड, जस्ता देशमा कहिले र कुन समयमा विजया दशमीको टीका लगाउने भनेर साइत सार्वजनिक गरेको हो ।

विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुबाट विजया दशमीको टीकाको साइतबारे जिज्ञासा राखेकोले स्थानीय समयसहित आफूहरुले साइतबारे जानकारी दिएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *