ताजा समाचार

पुटिनको सेना परिचालन आदेश कमजोरीको संकेत- अमेरिका

काठमाडौं । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी भूभागमा आंशिक सेना परिचालन गर्न दिएको आदेश आंशिक कमजोरीको संकेत भएको युक्रेनका लागि अमेरिकी राजदूतले बुधबार बताएकी छिन् ।

जनमत संग्रह र सेना परिचालन रुसी असफलता को संकेत हो राजदूत ब्रिजेट ब्रिंक एक ट्विटर सन्देशमा लेखेकी छिन् ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिएका थिए ।

राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको घोषणा गरेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *