खेलकुद

इङल्यान्डसँग पाकिस्तान पराजित

काठमाडौं । पहिलो टी-२० क्रिकेटमा इङल्यान्डले घरेलु टोली पाकिस्तानलाई हराएको छ । गए राति कराचीमा भएको खेलमा इङल्यान्डले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।

जितसँगै पाकिस्तान भ्रमणमा रहेको इङल्यान्डले ७ खेलको श्रृंखलामा १-० को अग्रता बनाएको छ । पाकिस्तानले दिएको १५९ रनको लक्ष्य इङल्यान्डले १९ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो । इङल्यान्डका एलेक्स हालेसले ५३ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका उस्मान कादिरले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

पाकिस्तानका मोहमद रिजवानले ६८ रनको अर्धशतकीय पारी खेले । इङल्यान्डका लुक उडले ३ तथा आदील राशिदले २ विकेट लिए । इङल्यान्डले १७ वर्षपछि पाकिस्तानको भ्रमण गरेको हो । इङल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो । यी दुई देशबीचको दोस्रो टि-२० खेल भोलि हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *