खेलकुद

भारतमाथि अस्ट्रेलियाको ४ विकेटको जित

काठमाडौँ । अस्ट्रेलियाले भारतविरुद्धको टी-२० सिरिजविरुद्ध विजयी शुरुवात गरेको छ ।

मंगलबार भएको सिरिजको पहिलो टी-२० खेलमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो ।

भारतले दिएको २०९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले क्यामरुन ग्रीनको ६१, म्याथ्यु वाडेको अविजित ४५ र स्टिभन स्मिथको ३५ रनको मद्धतले १९.२ ओभरमा ६ विकेट गुमाउदै खेल जितेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले हार्दिक पाण्डेको अविजित ७१ र केएल राहुलको ५५ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउदै २०८ रन बनाएको थियो ।

यो जितपछि अस्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ ।

अब सिरिजको दोस्रो खेल २३ सेप्टेम्बरमा नागपुरमा हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *