ताजा समाचार

अमेरिकामा ८० प्रतिशत मातृ मृत्युदर घटाउन सकिने

लस एन्जेलस । अमेरिकामा अहिले भइरहेको मातृ मृत्यु दरमा ८० प्रतिशतले कमी ल्याउन सकिने एक अध्ययनले देखाएको छ ।

अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (सिडीसी) ले सोमबार सार्वजनिक गरेको एउटा नयाँ प्रतिवेदनमा ८० प्रतिशत मातृ मृत्यु नियन्त्रण गर्न सकिने प्रकारको रहेको उल्लेख छ । सन् २०१७ र २०१९ मा अमेरिकाका ३६ राज्यमा गरेको अध्ययनका आधारमा यस्तो निष्कर्ष निकालिएको प्रतिवेदनमा लेखिएको छ ।

अध्ययनमा समेटिएका कुल गर्भवती मध्ये २२ प्रतिशतको सुत्केरी हुनु अगाडि मृत्यु हुने गरेको देखिएको छ ।

त्यसैगरी २५ प्रतिशत गर्भवतीको मृत्यु सुत्केरी भइरहेको बेलामा वा सुत्केरी भएको सात दिन भित्रमा हुने गरेको छ । बाँकी ५३ प्रतिशतको मृत्यु भने सुत्केरी भएको सात दिनदेखि एक वर्षसम्ममा हुने गरेको पाइएको छ ।

उनीहरूको मृत्यु हुनुका मुख्य कारणहरू मध्ये मानसिक अवस्था, अत्यधिक रक्तश्राव, घाउमा हुने सङ्क्रमण, बच्चाको खवर अवस्थीति, मुटुसम्बन्धी समस्यालगायत रहेका छन् ।

सिडीसीका निर्देशक वान्दा बार्फिल्डले गर्भवती तथा सुत्केरीको मृत्यु हुने मुख्य कारणहरूलाई पर्याप्त रुपमा घटाउन सकिने दावी गरे ।

त्यसका लागि स्वास्थ्य प्रदर्शनात्मक कार्यक्रमहरू धेरै सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । “मातृ मृत्युका धेरै कारणहरूलाई घटाउन सक्ने देखिन्छ, त्यसका लागि राज्यका निकायहरूले पर्याप्त पहल गर्नुपर्दछ,” उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *