समाचार

देशभर कोरोनाका ९१ जना नयाँ संक्रमित फेला

काठमाडौं।सोमबार देशभर ९१ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार ९२४ जनामा गरिएको परीक्षणमा ९१ जना संक्रमित थपिएका हुन्।

आज १६५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने यही अवधिमा संक्रमणबाट हुने मृत्यु भने शून्य रहेको छ।

मन्त्रालयको विवरण अनुसार हाल देशभर १ हजार ७४० जना सक्रिय संक्रमित रहेका छन् भने सक्रिय संक्रमितमध्ये हाल २० जना आइसियुमा, ६२ जना संस्थागत आइसोलेशनमा र १ हजार ६७८ जना होम आइसोलेशनमा रहेका छन्।

यस्तै हाल काठमाडौंमा ६६८ जना, ललितपुरमा २७२ जना र भक्तपुरमा ३१ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *