ताजा समाचार

राष्ट्रपति कार्यालयको आग्रह : भ्रामक सूचना प्रकाशन नगर्नू

काठमाडौं ।राष्ट्रपतिको कार्यालयले राष्ट्रपतिलाई जोडेर भ्रामक समाचारहरू प्रकाशन भएकोप्रति आपत्ति जनाएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आधिकारिक व्यक्तिसँग बुझी यथार्थ समाचार मात्र प्रकाशन गर्न सबैसँग आग्रह गरेका छन्।

उनले कार्यालयबाट भए गरेका कामकारबाही नियमित रूपमा विज्ञप्तिमार्फत जानकारी गराउँदै आएको उल्लेख गरेका छन्।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यालय र सम्माननीय राष्ट्रपतिज्यूलाई जोडेर विभिन्न किसिमका भ्रामक समाचारहरू प्रकाशन भईरहेको देखिएको हुँदा आधिकारिक व्यक्तिसँग बुझी यथार्थ समाचार प्रकाशन र प्रशारण गरिदिनुहुन अनुरोध छ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *