ताजा समाचार

सुशील कोइराला नेपाल रत्नबाट विभूषित

काठमाडौं । सरकारले  पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरेको छ।  

कोइराला नेपालको संविधान जारी गर्दा देशको प्रधानमन्त्री थिए। उनकै नेतृत्वमा संविधान जारी भएको हो। 

सरकारले संविधान दिवसका अवसरमा विभिन्न व्यक्तिलाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेका छन्। 

नेपाल रत्न नेपालको सर्वोच्च मानपदवी हो। त्यसैगरी, राष्ट्र गौरवबाट राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने आश्रिते, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मानित गर्ने घोषणा भएको छ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरु सहित विभिन्न ९९८ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *