काठमाडौँ । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा देशभरका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा खटाउँने भएको छ ।
न्यायपरिषदले ७७ जना जिल्ला न्यायाधीशलाई प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन सिफारिस गरेको हो ।
परिषदले थप १७ जना जिल्ला न्यायाधीशलाई जगेडाको रुपमा खटाएको छ । न्यायसेवाका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृतको रुपमा सिफारिस गरेको छ ।
यस्तै, थप २० जनालाई जगेडा निर्वाचन अधिकृतको रुपमा परामर्श दिएको छ । परिषदको सिफारिस अनुसार निर्वाचन आयोगले उनीहरुको नियुक्ती गर्नेछ ।




