खेलकुद

महिला साफ च्याम्पियनसिप : भुटानलाई ८ गोलले पराजित गर्दै बंगलादेश फाइनलमा

काठमाडौैं । महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले फाइनलमा स्थान बनाएको छ।

दशरथ रंगशालामा शुक्रबार भएको खेलमा सविना खातुनको ह्याट्रिकमा बंगलादेशले ८-० को नतिजा निकाल्दै बंगलादेश फाइनलमा प्रवेश गरेको हो। बंगलादेश दोस्रो पटक महिला साफ च्याम्पियनसिपमा फाइनलमा पुग्न सफल भएको थियो।

शुरुवातबाटै भुटानविरुद्ध आक्रामक देखिएको बंगलादेशले पहिलो हाफमा ४ गोल र दोस्रो हाफमा ४ गोल गरेको थियो। बंगलादेशको जितमा सविना खातुनले ३ गोल गर्दा जहान सोप्ना, कृष्णारानी सरकार, रितुपर्णा र मसुरा प्रभिना र टौरा खातुनले समान १/१ गोल गरेका थिए।

सविना जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहेकी थिइन्। उनले प्रतियोगितामा ८ गोल गरिसकेकी छन्।

यसअघि २०१६ मा बंगलादेशले फाइनलमा स्थान बनाउने क्रममा माल्दिभ्सलाई ६-० ले पराजित गरेको थियो। तर फाइनलमा बंगलादेश भारतसँग ३-१ ले पराजित भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *