काठमाडौँ । युइएफए युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले शेरिफलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले शेरिफलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा जाडोन सान्चो र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । युनाइटेडले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको १७औं मिनेटमा सान्चोको गोलमा अग्रता लिएको युनाइटेडले खेलको ३९औं मिनेटमा रोनाल्डोले गरेको पेनाल्टी गोलबाट अग्रता दोब्बर बनाएको थियो ।
रोनाल्डोको यस सिजनमा यो पहिलो गोल हो ।
यो जितपछि समुह इ मा रहेको म्यानचेस्टर युनाइटेडको २ खेलमा ३ अंक भएको छ । युनाइटेडले यस अघि खेलेको पहिलो खेलमा स्पेनिस क्लब रियल सोसियडाडसँग हार बेहोरेको थियो ।
त्यस्तै शेरिफको पनि २ खेलमा ३ अंक रहेको छ ।




