काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले इजरायली क्लब मक्काबी हैफालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले मक्काबी हैफालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा मक्काबी हैफाले शुरुवाती गोल गरेपनि पिएसजीले कम ब्याक गर्दै खेल जितेको थियो ।
पिएसजीको जितमा लियोनेल मेसी, किलियन एम्बाप्पे र नेइमारले एक एक गोल गरेका थिए । त्यस्तै मक्काबीका लागि जारोन चेरीले एक गोल गरेका थिए ।
यो जितपछि पिएसजीले लगतार दोस्रो जित हासिल गर्दै २ खेलमा ६ अंक हासिल गरेको छ ।
समुह एचमा पिएसजी शिर्ष स्थानमा रहेको छ । त्यस्तै बेनिफिकाको ए खेलमा ६ अंक रहेको छ ।
त्यस्तै यस समुहमा रहेको युभेन्टसले लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।




