काठमाडौँ । भारतको अहमदाबादमा निर्माणाधीन भवनको लिफ्ट खस्दा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
घटना बुधबार बिहान करिब ९: ३० मा भएको बताइएको छ । प्राप्त जानकारीका अनुसार भवनको नवौं तल्लामा काम भइरहेको र मजदुरले लिफ्टबाट सामान माथि लैजाँदै गरेका थिए । यसैबीच सातौं तल्लामा पुग्दा लिफ्ट बिग्रियो । लिफ्टमा जम्मा ८ जना मजदुर थिए ।
शुरुवाती रिपोर्टका अनुसार निर्माणाधीन भवनमा सुरक्षा मापदण्डको ख्याल नगरिएको बताइएको छ । जुन लिफ्टबाट सामान मात्र पठाइन्छ, त्यसमा सामानसँगै मजदुरलाई पनि माथि जादा दुर्घटना भएको बताइएको छ ।




