ताजा समाचार

१ हजार वर्ग किमी क्षेत्र रुसबाट फिर्ता गरियो- जेलेन्स्की

काठमाडौं । युक्रेनले गत हप्ता रुसबाट आफ्नो दक्षिण र पूर्वमा १,००० वर्ग किलोमिटर (३८५ वर्ग माइल) भन्दा बढी क्षेत्र रुसबाट फिर्ता लिएको जनाएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खार्किभ क्षेत्रमा ३० भन्दा बढी बस्ती मुक्त गरिएको बताएका छन् ।खार्किभ क्षेत्रमा रुसका शीर्ष कब्जा अधिकारीले युक्रेनी सेनाले “महत्वपूर्ण विजय“ जितेको स्वीकार गरे । भिटाली गान्चेभले रुसी टिभीलाई युक्रेनीहरूले रुसी रक्षा रेखा तोडेको बताए ।

उनले रुसी नियन्त्रणमा रहेको खार्किभको सबैभन्दा महत्वपूर्ण सहरी केन्द्र कुपियान्स्क र अन्य दुई सहरबाट सर्वसाधारणलाई बाहिर निकालिएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *