काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ ।
एक नाबालिक किशोरीले लामिछोनेविरुद्ध बलात्कारको जाहेरी दिएकी छन् । उक्त जाहेरी बारे अनुसन्धान गर्नका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतसँग अनुमाति मागेको थियो । अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ ।
लामिछाने हाल देश बाहिर छन् । लामिछानेले आफू निर्दोष भएको बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई उनले आफू निर्दोष भएको र क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेलेर नेपाल फर्कने बताएका छन् ।




