काठमाडौैं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । क्यारेवियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा बलात्कारको आरोप अस्वीकार गरेका हुन् ।
कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दिपसँग आफूहरु सम्पर्कमा रहेको बताए । सन्दिपले लिग सकेर नेपाल फर्किने जानकारी दिँदै अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको उनको भनाइ छ ।
यसैबीच, क्यानले सन्दिपमाथि तत्काल कुनै एक्सन नलिने भएको छ । हिजो क्यानका पदाधिकारीहरुबीच भएको अनौपचारिक कुराकानीमा अहिले पर्ख र हेरको रणनीति लिने समझदारी भएको हो ।




