ताजा समाचार

इन्द्रजात्रा हेर्न विभिन्न देशका १८ मेयर काठमाडाैँ आउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका १८ नगर प्रमुखलाई जात्रा हेर्न निम्तो गरिएको छ ।

इन्द्रजात्राका सन्दर्भमा बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महानगरले चीन, जापान, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका भगिनी नगरहरूलाई जात्रा हेर्न निम्तो गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले नेपालमा आएका नगरप्रमुखले आफ्नो देशमा फर्किएपछि नेपालको संस्कृतिको प्रचार हुने भएकाले विदेशी पाहुनाहरूलाई बोलाइएको जानकारी दिए ।

उनले देशकै महत्त्वपूर्ण जात्रालाई भव्य रूपमा मनाइने भन्दै सम्पदा र संस्कृतिको जर्गेना गर्न सक्ने सांस्कृतिक पर्यटन भित्राउन सहज हुने विश्वास व्यक्त गरे ।

त्यस्तै महानगरकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई निम्तो दिइसकेको बताए । काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नुपर्ने उनको भनाई छ ।

बुधवार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र ध्वजासहितको लिङ्गो ठडाइएपछि प्रारम्भ भएको जात्रा रथयात्रा र देवीदेवताको पूजाआजा गरी मनाइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *