ताजा समाचार

अमेरिका-मेक्सिको सीमामा ८ आप्रवासीको डुबेर मृत्यु

मेक्सिको र अमेरिकाको टेक्सास राज्यको सीमा नदी रियो ग्रान्डेबाट बिहीबार आठ आप्रवासीको शव फेला परेको छ ।

अमेरिकाको भन्सार तथा सीमा सुरक्षा विभागको विज्ञप्तिअनुसार टेक्सासको ईगल पास नजिकै नदीबाट अन्य ३७ जनाको उद्धार गरिएको छ ।

युएस बोर्डर पेट्रोल एजेन्टहरूले छवटा शवहरू फेला पारेका थिए भने अरू दुईवटा मेक्सिकन टोलीहरूले फेला पारेको विज्ञप्तिमा जनाइएको छ । यस क्षेत्रमा दिनभर परेको भारी वर्षाका कारण सो नदीको जलप्रवाहमा तीव्रता आएकाले उद्धारमा कठिनाइ थपिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *