ताजा समाचार

भारतीय गृहमन्त्रीसँग राजदूत शर्माकाे भेट

काठमाडौं । भारतीय गृहमन्त्री अमित शाह र भारतका लागि नेपाली राजदूत शंकर शर्माबीच भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित गृह मन्त्रालयमा उनीहरूबीच सोमबार भेटवार्ता भएको हो । सो क्रममा द्विपक्षीय सम्बन्ध र हितबारे कुराकानी भएको थियो ।

यस्तै भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न परियोजनामा भइरहेका प्रगतिलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *