समाचार

सिरियामा अमेरिकी हवाई हमला

अमेरिकाले पूर्वी सिरियामा इरानको इस्लामिक रिभोलुसन गार्ड कोर्प्स (आईआरजीसी) सँग आबद्ध समूहविरुद्ध एकै दिनमा दुई राउण्ड हवाई हमला गरेको जनाएको छ ।

गत साता अमेरिकी सेनामाथिको हमलाको विराेधमा अमेरिकी जेटले डेर अल जोउर प्रान्तमा बम वर्षाएको थियो । साँझमा अमेरिकी दुई आधारमा रकेट प्रहार हुँदा तीन कर्मचारी घाइते भएका अमेरिकी सेनाले जनाएको छ ।
हेलिकप्टरहरूले केही रकेटहरू प्रक्षेपण गर्न प्रयोग गरिएका सवारी साधनहरुमा आक्रमण गरेका र दुई वा तीन संदिग्ध लडाकुहरू मारिए जनाइएको छ ।

अमेरिकाले इरान र इरान समर्थित आक्रमणविरुद्ध आफ्नो रक्षा गर्न नहिचकिचाउने रक्षा उपसचिव कोलिन काहलले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *