विश्व

कर्मचारी कटौती गर्ने योजनामा अमेरिकाका आधाभन्दा धेरै कम्पनी : सर्वेक्षण

वाशिङटन डीसी (अमेरिका) । अमेरिकामा अहिले हरेक २ मध्ये १ कम्पनीले कर्मचारी कटौतीको योजना बनाइरहेका छन ।

पेशागत परामर्श सेवा प्रदायक कम्पनी पाइसवाटरहाउसकुपर्स (पीडब्ल्यूसी) ले बहुउत्तर मात्रै हालै गरेको एउटा सर्वेक्षणको नतिजाले यस्तो देखाएको हो । सर्वेक्षणमा सहभागी भएका कयौं उद्योगका ७०० भन्दा धेरै अमेरिकी कार्यकारी र सञ्चालक समितिका सदस्यहरुमध्ये ५२ प्रतिशतले कर्मचारी कटौती गरिरहेको वा गर्ने योजना बनाइरहेको बताएका छन् ।

हरेक १० मध्ये ४ भन्दा धेरैले रोजगारीसम्बन्धी अफर नै रद्द गरिरहेका छन् । श्रम बजार कसिलोे भएको समयमा आवश्यक प्रतिभालाई टिकाइराख्न वा आकर्षित गर्न कम्पनीहरुले बोनस समेत बाँड्दै आएका थिए । तर पछिल्लो सर्वेक्षणमा ४० प्रतिशतभन्दा धेरैले यस्ता साइन–इन बोनसको आकार घटाउने वा खारेज नै गर्न लागेका छन् । यद्यपि, झन्डै दुई तिहाईले भने भुक्तानी बढाउने र मानसिक स्वास्थ्य लाभ विस्तार गरिरहेका छन् । अधिकांशले कर्मचारीका लागि रिमोट वर्क स्थायी बनाइरहेका छन् ।

पछिल्लो सर्वेक्षणले श्रम बजारको विरोधभासपूर्ण अवस्था देखाइरहेको छ । प्रविधि र घरजग्गा बजार लगायत मारमा परेका उद्योगहरुमा प्रतिभा अभावबीच दक्ष कर्मचारीहरुले आफ्नो अवस्था बलियो बनाउन सक्ने स्थिति छ ।

गत महीना अमेरिकामा रोजगारी सृजना अर्थशास्त्रीहरुले गरेको अनुमान भन्दा उच्च रहेको थियो । बिहीवार श्रम मन्त्रालयले सार्वजनिक तथ्यांकअनुसार बेरोजगारी बीमाका लागि आवेश घटेको देखाएको छ । यसले कामदारहरुको माग स्वस्थ्य छ भन्ने देखाएको छ ।

तर कर्मचारी कटौती र नयाँ कर्मचारी भर्ना स्थगन पनि व्यापक बन्दै गइरहेको छ । यो प्रवृत्ति प्रविधि स्टार्टअपमा मात्रै तीव्र दरमा बढिरहेको छैन । ओर्याकल कर्पाेरेशन, वालमार्ट र एप्पल लगायत ठूला रोजगारदाताहरुमा पनि यस्तो प्रवृत्ति उच्च छ । हालैका हप्ता ठूला अमेरिकी कम्पनीहरुले समेत कर्मचारी कटौती र नयाँ कर्मचारी भर्ना स्थगित गर्ने घोषणा गरेका छन् । प्रतिभासम्बन्धी मामिलामा कम्पनीहरु कटौती र बचाव रणनीति अपनाइरहेका छन् । रिमोट वर्कप्रति पनि कम्पनीहरु विरोधाभास देखिन्छन् ।

७० प्रतिशतले रिमोट वर्क विस्तार गरिरहेको बताइरहँदा ६१ प्रतिशतले भने कर्मचारीहरु पहिलाको भन्दा बढी समय कम्पनी आउनु पर्ने व्यवस्था गरिरहेको बताएका छन् । केही कम्पनीहरुले भने पद र भूमिका हेरेर कार्यालयमै आएर काम गर्न नपर्नेहरुलाई रिमोट वर्क गर्न दिइरहेका छन् भने अरुलाई हप्तामा केही दिन मात्रै भएपनि कार्यालयमा डेस्कमै आउन भनिरहेका छन् ।

कार्यालयमा आएर काम गर्ने कर्मचारी कम हुने भएपछि २० प्रतिशतभन्दा धेरैले कार्यालय प्रयोजनका लागि घर भाडामा लगानी घटाउने योजना बनाइरहेका छन् । ३१ प्रतिशतले यसको ठिक उल्टो घरजग्गामा लगानी बढाइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *