खेलकुद

एकै समयमा पर्ने भए आईपीएल र पीएसएल

काठमाडाैँ । सन् २०२५ को ईण्डियन प्रिमियर लिग(आईपीएल) र पाकिस्तान सुपर लिग(पीएसएल) एकै समयमा पर्ने भएको छ । पीएसएल नियमित रुपमा फेब्रुअरीमा आयोजना हुदै आएको थियो ।

तर, २०२५ को फेब्रुअरीमा पाकिस्तानमा आईसीसी च्याम्पियन ट्रफी आयोजना हुदैछ । आईसीसीले जारी गरेको २०२३ देखि २०२७ सम्मको अन्तराष्ट्रिय खेल तालिकामा फेब्रुअरीमा पाकिस्तानमा च्याम्पियन ट्रफी आयोजना हुने तालिका छ ।

च्याम्पियन ट्रफी लगत्तै आईपीएललाई लामो समय रहेको आईपीएलपछि अन्तराष्ट्रिय क्रिकेटको समय सुरु हुने हुँदा पीएसएल पनि आईपीएल आयोजनाको समयमा नै आयोजना हुनेछ । आईपीएल र पीएसएलको मिति पहिलो पटक जुध्ने भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *