ताजा समाचार

चीनद्वारा ब्यालेस्टिक मिसाइल प्रहारपछि अमेरिकाले पठायो युद्धपोत

काठमाडौँ । चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिम सीमाना नजिकैको समुन्द्रमा धेरै डोङफेङ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । ताइवानको रक्षा मन्त्रालयले यो जानकारी दिएको हो । डोङफेङ मिसाइल चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) ले प्रयोग गर्छ ।

ताइवानको रक्षा मन्त्रालयले प्रक्षेपण पछि आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय गरेको बताएको छ । साथै उनले चीनको ‘गैरजिम्मेवार’ कदमले क्षेत्रको शान्तिमा खलल पुगेको बताएका छन् ।

चिनियाँ सरकारी मिडियाले पनि मिसाइल प्रक्षेपणको पुष्टि गरेको छ । उनले पूर्वी थिएटर कमाण्डको रकेट फोर्सले ताइवानको पूर्वी भागमा मिसाइल प्रहार गरेको बताएका छन् । उनले आफ्नो लक्ष्य एकदम सहि रहेको बताए ।

चीनको रक्षा मन्त्रालयका प्रवक्ता तान केइफीले एक विज्ञप्तिमा भने, ‘ताइवान नजिकै पीएलएको पूर्वी थिएटर कमाण्डद्वारा संयुक्त अभ्यास अमेरिका-ताइवानको साँठगाँठलाई रोक्नको लागि हो ।’

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले पनि मिसाइल प्रक्षेपणको भिडियो सार्वजनिक गरेको छ । चीनको कारबाहीपछि अमेरिकी सेनाले आफ्नो युद्धपोत युएसएस रोनाल्ड रेगनलाई ताइवानको दक्षिणपूर्वी समुद्रमा पठाएको छ ।

‘युएसएस रोनाल्ड रेगन र यसको स्ट्राइक समूहले फिलिपिन्सको समुन्द्रमा स्वतन्त्र र खुला इन्डो-प्यासिफिकको समर्थनमा नियमित गस्ती र सामान्य अनुसूचित कार्यहरू सञ्चालन गरिरहेको छ,’ नौसेनाका प्रवक्ताले एक विज्ञप्तिमा भनेका छन् ।

सैन्य बल समस्याको समाधान होइन- ताइवान

ताइवानको मेनल्याण्ड अफेयर्स काउन्सिलले सैन्य बल समस्याको समाधान नभएको बताएको छ । उनले सैन्य अभ्यासले दुई पक्ष एकअर्कासँग बस्न नसक्ने तथ्यलाई परिवर्तन नगर्ने बताए ।

यसैबीच चीन र जापानबीच हुने जी–७ बैठक पनि रद्द भएको छ । चीनको कारबाहीका कारण ताइवान जाने र जाने ५० उडान रद्द गरिएको छ । यसमा ताओयान विमानस्थलबाट आउने २६ र त्यहाँबाट प्रस्थान गर्ने २५ वटा विमान समावेश छन् ।

पेलोसीको भ्रमणपछि चीनले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो । उसले ताइवान सीमा नजिकै सैन्य अभ्यास पनि सुरु गरेको छ । धेरै चिनियाँ जेट विमानहरू पनि लगातार ताइवानको आकाशमा प्रवेश गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *