ताजा समाचार

रुस सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको हिस्सा हुनेछः नासा

मस्को। आफ्नो स्टेसन नबनुन्जेल मस्को कम्तीमा सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको हिस्सा रहने अपेक्षा गरेको अमेरिकी अन्तरिक्ष निकाय नासाका एक वरिष्ठ अधिकारीले बताएका छन् । रुसी अन्तरिक्ष अधिकारीहरूले आफ्ना अमेरिकी समकक्षहरूलाई यस्तो जानकारी दिएको नासाका अधिकारीले बताए ।

नासाका अन्तरिक्ष अपरेसनका प्रमुख क्याथी लुएडर्सले एक अन्तर्वार्तामा रुस सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको हिस्सा रहने बताए ।

‘हामीले कुनै पनि परिवर्तन भएको संकेत पाएका छैनौं’, लुएडर्सले रोयटर्सलाई भने, ‘रोसकोसमोससँग नासाको सम्बन्ध सामान्य रूपमा रहन्छ ।

मंगलबार मात्र रुसको अन्तरिक्ष एजेन्सी रोजकोसमोसका नवनियुक्त महानिर्देशक युरी बोरिसोभले मस्कोले ‘२०२४ पछि’ लामो समयदेखिको अन्तरिक्ष स्टेसन साझेदारी अन्त्य गर्ने योजना बनाएको घोषणा गरेका थिए । उनको घोषणाले नासा आश्चर्य चकित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *