खेलकुद

महिला युरोको पहिलो सेमिफाइनलमा स्विडेन र इङल्याण्ड भिड्दै

काठमाडौं । महिला युरो च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुदै छन् ।

आज पहिलो सेमिफाइनलमा स्विडेन र इङल्याण्ड भिड्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२:४५ मा शुरु हुने छ ।

स्विडेन अहिलेसम्म यो सहित ११ पटक महिला युरो कप खेलिरहेको छ, जसमा एक पटक सन् १९८४ मा उपाधि जितेको छ भने तीन पटक उपविजेता बनेको छ ।

त्यसैगरी इङल्याण्ड भने यस अघि २ पटक १९८४ र २००९ मा उपविजेता बनेको थियो । १९८४ को फाइनलमा स्विडेनले फाइनलमा इङल्याण्डलाई पराजित गरेर उपाधि जितेको थियो । इङल्याण्ड यो सहित नवौं पटक महिला युरोकप खेलिरहेको छ ।

त्यसैगरी दोस्रो सेमिफाइनल फ्रान्स र जर्मनीबीच जुलाई २८ मा हुदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *