विश्व

श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त

काठमाडौं स् श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त भएका छन्। ७३ वर्षीय वरिष्ठ सांसद गुणवर्दनालाई राष्ट्रपति रनिल विक्रमासिङ्घेले शपथ ग्रहण गराएका छन्।

श्रीलङ्काको १५औँ प्रधानमन्त्री बनेका गुणवर्दना यसअघि गृह र शिक्षामन्त्री भइसकेका छन्।

गत अप्रिलमा मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएपछि तत्कालीन राष्ट्रपति गोटाबय राजपाक्षेले गुणवर्दनालाई गृहमन्त्रीको जिम्मेवारी दिएका थिए।

उनी पूर्व राष्ट्रपति राजपाक्षेका बफादार पात्रका रुपमा पनि चिनिन्छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *