खेलकुद

स्पेनलाई हराउँदै इङल्याण्ड सेमिफाइनलमा

काठमाडौँ । महिला युरोपेली च्याम्पियन्सिप अन्तर्गत हिजो (बुधबार) भएको क्वार्टर फाइनलको पहिलो खेलमा इङल्याण्डले स्पेनमाथि २-१ गोल अन्तरको जित हात पारेको छ ।

खेलको निर्धारित समयमा खेल १-१ को बराबरीमा सकिएको थियो । यससँगै अतिरिक्त समयतर्फ धकेलिएको खेलको ९६ औं मिनेटमा इङल्याण्डले एक गोल थपेको थियो । यो गोल नै निर्णायक बन्यो र इङल्याण्ड सेमिफाइनलमा पुग्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *