खेलकुद

अन्तिम खेलमा एनआरटीको जित

काठमाडौं । प्रि-सिजनका लागि थाइल्यान्ड र मलेसिया भ्रमणमा पुगेको न्युरोड टिम एनआरटीले अन्तिम खेलमा जित निकालेको छ । 

बुधबार भएको अन्तिम खेलमा एनआरटीले थाइल्यान्डको थोनबुरी युनाइटेडलाई २१ अन्तरले पराजित गरेको हो । एनआरटीको जितमा विदेशी खेलाडी मेसौउके र दीपेश घलेले एक-एक गोल गरे । 

खेलमा अग्रता भने थोनबुरीले लिएको थियो ।  उसका किटिपोङ सइङपोङले ३२औं मिनेटमा अग्रता दिलाए । तर, मेसौउकेले ५३औं मिनेटमा बराबरी गोल फर्काए । पाएको पेनाल्टी सदुपयोग गर्दै दीपेशले ७६औं मिनेटमा विजयी गोल गरे । 

यो खेलसँगै मलेसिया र थाइल्यान्डमा रहेको एनआरटीको प्रि-सिजन सकिएको छ । उसले यस क्रममा पाँच खेल खेल्यो । अघिल्ला चारै खेलमा एनआरटी पराजित भएको थियो ।
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *