समाचार

धनकुटामा २३ वर्षीया महिला बलात्कृत 

काठमाडौं । धनकुटामा एक जना २३ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा प्रहरीले शहीदभूमि गाउँपालिका–५ बस्ने ३१ वर्षीय सन्तोष राईलाई शनिबार पक्राउ गरेको छ । 

तेह्रथुम लालीगुराँस नगरपालिका–२ स्थित होटलमा राईले ती महिलालाई शुक्रबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । 

उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई धनकुटा नगरपालिका–७ बाट पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *