ताजा समाचार

अर्जेन्टिनी युवा स्टार अल्भारेज म्यानचेष्टर सिटीमा 

काठमाडौं । इंग्लिस प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीले अर्जेन्टिनी युवा स्टार खेलाडी जुलियन अल्भारेजलाई अनुबन्ध गरेको छ । 

शुक्रबार सिटीले २२ वर्षीय अर्जेन्टिनी फरवार्ड तथा विंगर अल्भारेजलाई साढे पाँच वर्षको लागि अनुबन्ध गरेको जनाएको हो । जनवरीपछि आधा वर्षको लागि अल्भारेज पुनः अर्जेन्टिनी क्लब रिभर प्लेटमा लोनमा फर्कने बताइएको छ । 

अल्भारेज यो सिजन सिटीमा अनुबन्ध हुने चौथो खेलाडी बनेका छन् । यसअघि एर्लिङ हल्यान्ड, काल्भिन फिलिप्स र ओर्टेगा मोरेनो सिटीमा आवद्ध भइसकेका छन् । 

‘म निकै खुसी छु । सिटीबाट खेल्न तयार छु’, अल्भारेजले भनेका छन् । 

अल्भारेजले रिभल प्लेटमा सन् २०१८ को अक्टोबरमा डेब्यु गरेका थिए । त्यसयता, १२० खेलमा ५३ गोल गरेका छन् भने ३१ असिष्ट निकालेका छन् । 

यस्तै, अर्जेन्टिनी सिनियर टिमबाट गत जुनमा डेब्यु गरेका थिए । विश्वकप छनोट अन्तर्गत चिलीविरुद्ध डि मारियाको स्थानमा मैदान प्रवेश गरेका थिए । 

उनी जुलाईमा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्दा टोलीका सदस्य थिए । ९ क्याप जितेका उनले एक गोल गरेका छन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *