ताजा समाचार

सरकारी बजेट परे पनि ‘विश्वास छैन’आविष्कार केन्द्रलाइ

काठमाडौं । सरकारले लोकप्रिय संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई आगामी आर्थिक वर्षका लागि १ करोड बजेट व्यवस्था गरे पनि त्यसका अध्यक्ष तथा लोकप्रिय वैज्ञानिक महावीर पुनलाई विश्वास छैन ।

आविष्कार केन्द्र स्थापना भएपछि पहिलोपटक बजेट व्यवस्था गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको बजेट किताबमा केन्द्रलाई १ करोड रुपियाँ बजेट व्यवस्था गरेको हो ।केन्द्रलाई बजेट व्यवस्था गर्न मन्त्रालयले सिफारिस गरेको थिएन । तर अर्थ मन्त्रालले बजेट व्यवस्था गरेपछि पहिलो पटक केन्द्रले बजेट पाउन लागेको हो । केन्द्र स्थापना भएको दुई वर्षपछि सरकारले केन्द्रलाई बजेट दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला देवी बज्राचार्यले नयाँनयाँ आविष्कार गरेर सरकारलाई बिर्सन नसक्ने सहयोग गर्ने संस्थालाई बजेट व्यवस्था भएकोमा खुसी भएको बताउनुभयो ।शिक्षा मन्त्रालयको बजेट पुस्तकमा राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपियाँ पुँजीगत अनुदान उपलब्ध गराउने उल्लेख छ ।

विसं २०७६ कातिक १ गते वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पुनको नेतृत्वमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना भएको हो । करिब ८ करोड रुपियाँ लागतमा स्थापना भएको केन्द्रमा सयौं युवा वैज्ञानिकले विभिन्न प्रकारका उपकरण बनाइरहेका छन् ।
आजको नेपाल समाचार पत्रमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *