विश्व

डब्ल्यूएचओको महानिर्देशकमा पुनः दोहोरिए डा. टेड्रोस

काठमाडौं।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा डा. टेड्रोस एड्हानोम गेब्रेयसस पुनः निर्वाचित भएका छन् ।

डा. टेड्रोसलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले भोट हालेर ५ वर्षका लागि निर्वाचित गरेका हुन ।

स्विजरल्याण्डको जेनेभामा सम्पन्न ७५ औं विश्व स्वास्थ्य सम्मेलनबाट डा. टेड्रोस ५ वर्षका लागि पुनः डब्ल्यूएचओको महानिर्देशकमा चयन हुनुभएको हो । उनको पक्षमा नेपालले पनि भोट हालेको हो ।

गत बैशाख ८ गते डा. टेड्रोस नेपाल आएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *